भद्रपुर (ब्लाष्ट) स्थापना दिवसको अवसर पारेर एक पत्रकारसहित १३ जनालार्इ सम्मान गरिएको छ । नेपाल निजामती कर्मचारी यूनियन (सङ्घ) झापाले मङ्गलबार बिहान भद्रपुरमा आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।
सङ्घले अवकास प्राप्त कर्मचारीहरुमा रिमा पाण्डे, शशिबिक्रम भट्टरार्इ, पदम न्यौपाने पासाङ्वानकी शेर्पा, खगेन्द्र कार्की र कृष्णप्रसाद भट्टरार्इ रहेका छन् ।
त्यसैगरी उत्कृष्ठ काम गरेवापत पत्रकार विष्णु सुब्बा, समाजसेवी लोकराज ढकाल र महिला अभियान्ता मञ्जु सिटौला पोखरेल रहेका छन् । त्यस्तै उत्कृष्ट कर्मचारी सम्मानमा विष्णुप्रसाद नेपाल, मणिकुमार दाहाल, सीता सुब्बा र पूर्णबहादुर मगर रहेका छन् ।
सम्मानित सबैलार्इ प्रमाण–पत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । युनियनका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङकाे सभापतित्व तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य सरीता प्रसार्इं रहेकी थिइन् । देशको सबैखाले परिवर्तनमा कर्मचारीको अहम भूमिका रहेकोले मुलूक परिवर्तनमा कर्मचारीको हात हुने नेता प्रसार्इंले बताइन् । दम्भले मुलुक नचल्ने भएकाले प्रधानमन्त्रीले भाषण गरेअनुसार मुलुक नभएको उनको धारणा थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल , ट्रेड यूनियनको तर्फबाट कर्मचारी सङ्गठनका अध्यक्ष यदुनन्दन दाहाल, अवकाश कर्मचारीको तर्फबाट रिमा पाण्डे, सम्मानितको तर्फबाट लोकराज ढकाल, प्रेस यूनियनका अध्यक्ष कृष्ण हुमागार्इ, नेपाली काङ्ग्रेसका कार्यबाहक अध्यक्ष राम कट्टेलले बोलेका थिए ।