देउराली । ७३ वर्षीय विपन्न ज्ञानबहादुर श्रेष्ठको परिवालाई माेरङकाे उर्लाबारी–६, पानीटेङ्की स्थित शिध्येश्वर शिव बाबाधामकाे अगुवमाइमा बाबाधामकाे तर्फबाट कार्यसमिति सदस्य सान्ता फुयाल सहित जितबहादुर श्रेष्ठलगायतले व्यक्तिगत रूपमा ग्यास, चुलाे, लत्ताकपडा सहित नगद सहयोग गरेको छ ।
आर्थिक रूपमा विपन्न श्रेष्ठको विषयमा ब्लाष्ट दैनिकले समाचार प्रकाशित गरेपछि उक्त समाचारका अाधारमा उर्लाबारीबाट फुयाल र श्रेष्ठ सहितकाे टाेली निरिक्षण तथा सहयाेगका लागि मंगलबार विपन्न् श्रेष्ठ बस्दै अाएका धरान–५ देउराली, सुन्दरबस्तीमा अार्इ निरिक्षण गरेका थिए । निरिक्षण पस्च्यात श्रेष्ठ परिवारलार्इ अाेड्ने, अाेछ्याउने र पकाउनेकाे अभाव भएकाे महसुस गरि साेहि अनुरूप ग्यास सिलिन्डर, चुलाे, ब्याङ्केट, डसना, तन्ना, सिरानी, प्लास्टिका म्यट सहित छाेरीलार्इ कापीकलम खर्च स्वरूप नगद प्रदना गरेका हुन् ।
फुयाल र श्रेष्ठ सहितकाे टाेलीले निरिक्षणका क्रममा त्यस क्षेत्रमा अत्याधिक विपन्न, शारीरिक तथा मानषिक रूपमा असक्त , विभिन्नकारणले पिछडीएका वर्ग रहेकाे निकष्कर्श निकाली उनिहरूकाे स्वास्थ उपचारकालागि स्वास्थ शिविर संचालन गर्न इच्छुक रहेककाे बताएका छन् ।
७३ वर्षीय श्रेष्ठ र उनकी श्रीमतीले अर्काको घरमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका मा करिब एकदशक अघि दाउरा बोक्ने क्रममा श्रेष्ठकाे ढाँडमा अाएकाे समस्याकाकारण मजदुरी गर्न नसक्ने भएपछि उनीहरू सेउती खोलामा गिट्टी चालेर जीविकोपार्जन गर्दै आएका थिए । तर, बर्खाको समयमा नेपाल सरकारले चार महिना नदीजन्य क्षेत्रको उत्खनन्मा रोक लगाएका कारण दुई छाक टार्नसमेत धौं–धौं भएपछि छिमेकमा मागेर पेट पाल्दै आएका छन् ।
http://www.blastkhabar.com/news/2018/08/30/92544.html http://www.blastkhabar.com/news/2018/09/03/93027.html