भद्रपुर । स्थापनाको ५०औ वर्ष पुगेको अवसरमा रेडक्रस झापाले स्वर्णमहोत्सव मनाएको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वर्ण महोत्सव स्तम्भको अनावरण गरे । पूर्व सभापति स्वर्गीय विष्णुराज पोखरेल तथा माता डिकादेवी पोखरेलको स्मृतिमा छोरा बुहारी विनयराज , मञ्जु लगायतका सन्ततीले निःशुल्क रुपमा स्तम्भ निर्माण गरेका थिए । कार्यक्रममा मन्त्री डाक्टर खतिवडा, प्रदेश साँसद ओमप्रकाश सरावगी,पूर्णप्रसाद राजवंशी,स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा निकाय लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी स्थापनाको अवसर पारेर रेडक्रस उपशाखा भद्रपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रगत दान गरेका छन् । कार्यक्रममा १५ पुरुष र बाँकी महिला रहेको उपशाखा सभापति गोपाल गिरीले जानकारी दिए ।