इलाम । पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आइतबार राति भएको आगलागी पछि पीडितलाई आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । २ करोड रुपैँया भन्दा बढी क्षति हुने गरी भएको भीषण आगलागीका कारण त्यस ठाउँका २ घर र दुई पसल समेत जलेको थियो । आगलागी पीडितलाई आर्थिक समस्या परेपछि संघ/संस्थामार्फत सहयोग गर्न सबै माझ आग्रह गरिएको हो । अहिले उनीहरुका लागि राँके बजार व्यवस्थापन समितिले राहात संकलन गरिरहेको छ । हाल सम्म दैविक प्रकोप उद्धार समितिबाट ८० हजार नगद सहयोग भएको छ भने इलाम उद्योग बाणिज्य संघबाट ३७ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । आगलागीबाट २ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको थियो ।