पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुम जिल्ला जोड्ने तमोर नदिमा निर्माणधिन मोटरेवल पुलका श्रमिकले ज्याला पाएका छन् । लामो समयदेखि काम गरे पनि ज्याला नपाएको श्रमिकले गुनासो गर्दै आएका थिए । उनिहरुको गुनासो सञ्चार माध्यममा प्रसारण र प्रकाशन भएपछि, लगतै निर्माण कम्पनीले श्रमिक र स्थानीय होटल ब्यवसाहीलाइ बुझाउँन बाँकी रहेको कुल १५ लाख रुपयाँ बुझाएको हो । निर्माण कम्पनीले स्थानीय बिरेन्द्र निरौलाको पाँच लाख ५० हजार, स्थानीय ट्याक्टर चालक लोकबहादुर माझीको एक लाख ५० हजार, होटल ब्यवसाही यामबहादुर बुढाथोकीको चार लाख ८९ हजार यस्तै अन्य स्थानीय श्रमिकहरुको गरि १५ लाख रुपयाँ बुझाएको छ ।
समाचार प्रभाव |
२०७० सालमाबाट स्वाच्छन्द निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो । सुस्त गतिमा काम गरेको निर्माण कम्पनीले आयोजनामा काम गर्ने कामदारलाई पैसा नदिएको गुनासो बढ्न थालेपछि दबावमा परेको निर्माण ब्यवसाहीले श्रमिकलाई पैसा दिएको छ । आफुहरु अन्यायमा परेको बेला सञ्चार माध्यमले ठुलो भुमिका खेलेका कारण आफुहरुले न्याय पाएको स्थानीय होटल ब्यवसाही यामबहादुर बुढाथोकीले बताए । उनीभन्छन् । लामोसमय हुदा पनि आफ्नो होटलमा बाँकी पैसा नपाएपछि ठेकेदार खोज्न गएको थिए तर रित्तो हात फर्कनु प¥यो । तर अहिले निर्माण ब्यवसाहीहरु निर्माण स्थलमै आएर सबैको रकम बुझाउँदा भने खुसि लागेको छ । उनले भने, पुल निर्माणको काम डिभिजन कार्यालय धनकुटाले २०७० सालमा स्वथ्छन्द निर्माण सेवालाई दिएको थियो । दुई लेनको पुल निर्माणका लागि स्वछन्द निर्माण सेवाले २०७० सालमा १५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको थियो । ३ बर्षमा पुरा गर्नुपर्ने योजनाको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ५ पुग्दा ४० प्रतिशत काम पुरा भएको छ । १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान र बांकी ५७ मिटर स्टिलको ट्रष्ट राखिनेछ । पुलमा २ वटा पिलर, ४ वटा स्लाप र ६० मिटर लम्बाईको ट्रष्ट निर्माण गर्न बा“की रहेको छ ।