पथरीशनिश्चरे/झापाको दमक नगरपालिकाले नियमित बजार अनुगमनका लागि समिति खडा गरेको छ । नगरपालिकाको स्थानीय बजार व्यवस्थापन ऐन २०७४ बमोजिम ७ नम्बरका वडाध्यक्ष भीमप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय स्थानीय बजार अनुगमन समिति गठन गरेको हो । समितिमा कार्यपालिका सदस्य बिक्रमकुमार शाह, मिना प्याकुरेल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष, पत्रकारको तर्फबाट बिष्णुप्रसाद पोखरेल, इलाका प्रहरी कार्यालय दमकको प्रतिनिधि, इलाका प्रशासन कार्यालय दमकको प्रतिनिधि, नाप तौल गुणस्तर विभागका प्रतिनिधि, उपभोक्ता हित संरक्षण समितिको विषय विज्ञ, नगरपालिकाले तोकेको एक व्यक्ति र समाजसेवी लोकबहादुर धिमाल रहनेछन् । समितिले अब नियमित बजार अनुगमन गर्दै ऐनले तोके अनुसार कारवाही सिफारिस गर्ने नगरपालिका प्रमुख रोमनाथ ओलीले जनाए ।
भदौ २५ गते दमक नगर कार्यापालिका बैठकले समिति बनाउने निर्णय गरेको थियो ।