धनकुटा/ कोशिलोकमार्गको भेडेटार मुलघाट सडक खण्डको कोलबाेटेमा विश्वकर्मा बाबाको मुर्ति तमोरमा सेलाएर घर फर्कने क्रममा दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । मोरङ्गको सुन्दर हरैचानगरपालिका वडा नं.१२ खोर्सानेबाट विश्वकर्मा बाबाको मुर्ति धनकुटाको मुलघाट स्थित् तमोर नदीमा सेलाएर फर्किने क्रममा को.२ च ८९७ नम्बरकाे पिकअप भ्यान मंगलबार दिउँसो १.१५ बजे दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा बेलबारी नगरपालिका वडा नं.८ का वर्ष ३५ का वाशुदेव चौधरी, सुन्दरहरैचानगरपालिका वडा नं.१२ खार्सानेका अन्दाजी वर्ष २२ का संजय चौधरी, सोही वडाका वर्ष १४ का पुस्कर मास्के र पिकअफभ्यानकाचालकभोजपुरको षडानन्द नगपालिका वडा नं.४ नेपाले डाँडा घर भएका अन्दाजी वर्ष २४ का देवेन्द्र खत्री रहेका छन् । घाईते मध्ये चालक देवेन्द्र खत्री, वाशुदेव चौधरी र संजय चौधरी गम्भिर रहेको प्रहरीले जनाएको छ । विश्वकर्मा बाबाको मुर्ति सेलाएर फर्कने क्रममाको.२ च ८९७ नम्बरकाे पिकअप भ्यान विपरित दिशाबाट आउने मोटर साईकललाई साईड दिने क्रममा दुर्घटना भएको चालक खत्रीले बताएका छन । घाईते ४ जनाको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । पिकअप भ्यान सडकको बिच भागमा पल्टिएको थियो ।
विश्वकर्मा बाबाको मुर्ति सेलाउन आएको पण्डित वेदनिधी पौडेलले भने बाबा रिसाएछन् क्यारे उकालो बाटोमा कसरी गाडी पल्टियो थाहै नभएको ब्लाष्टलाई बताए । उनले आफु भने सकुशल रहेको बताए । उनीसँगै भ्यानमा २१ जना सवार थिए ।