ईटहरी/ संविधान दिवसको अवसरमा आज असोज ३ गते देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । ईटहरी उपमहानगरपालीकाले पनि इटहरीमा प्रभादफेरी गरी संविधान दिवसको खुसीयाली आदन-प्रदान गरेको छ ।  नगरले पञ्चेबाजासहित निकालेको र्यालीमा मेयर द्धारकिलाल चौधरी उपमेयर लक्षी गौतम सहित इटहरीका जेष्ठ नागरिक, नागरीक समाज , विभिन्न पार्टीका नेता,विभिन्न संघ संस्थाका प्रतितिनिधि, सर्वसाधारण र विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । र्यालीले ईटहरी बजार परीक्रकमा गरेको थियो । र्यालीलाई सुरक्षा दिनका लागि नेपाल प्रहरी र नेपाली सेना खटिएका थिए ।