मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाले संविधान दिवस २०७५ को अवसर पारेर उर्लाबारी मुधमल्ला सडक खण्डको बाटोमा भएका खाल्डा खुल्डी पुर्ने र बाटो आसपासको झाडी सरसफाई गर्दै मनाएको छ ।
आज मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, स्थानीय संगसंस्थाहरु लायन्स क्लब अफ मिक्लाजुङ, लायन्स क्लब अफ मधुमल्ला, मिक्लाजङ युवा मञ्च, लियो क्लब मिक्लाजुङ, पत्रकार र स्थानीय बासीको उल्लेख्य सहभागीत तथा सहकार्यमा खाल्डा खुल्डी पुर्ने तथा झाडी सफाई कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी देवी प्रसाद आचार्यले सडक विभाग र ठेकेदार कम्पनीको बिचमा नै केही समस्या रहेको र ठेकेदार कम्पनीले विभागलाई निर्माण सम्पन्न गरी जिम्मा समेत नलगाएकोले यसमा केही प्राविधीक समस्या रहेको बताए । यो सकडकलाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाले निर्णयक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवारज आचार्यले नेपालको संविधानको इतिहाँस र नयाँ संविधानको कायन्वयन अवस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नेकपा प्रतिनिधी प्रेम मिवक, नेका प्रतिनिधी पशुपती घिमीरे, लायन्स क्लब अफ मिक्लाजुङका सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ मधुमल्लाका अमृत कुमार श्रेष्ठ लगायतले कार्यक्रमको बारेमा मन्तव्य राख्नु भएको थियो ।
गुण्स्तिरीय काम नगरेको भन्दै बिभागमा कार्यक्रम न्यू पेरा ज्योती कंन्स्ट्रक्शनले उक्त १२. ४ किमी सडक कालो पत्रेको ठेक्का पाएपनी गुण्स्तरीय काम नगर्दा उक्त सडक बनी नसक्दै भत्किनुका साथै ठुलाठुला खाल्डा खुल्डी भएकोले दैनिक अावत-जावतमा समेत समस्या उत्पन्न भएको छ । अव्यवस्थित सडक भएकै कारण सो बाटोमा सडक दुर्घटनामा परि ३ जनको मृत्यु भएको छ भने दर्जन बढी अङ्ग-भङ्ग भएका छन् ।