रङ्गेली/आफ्नै प्रतिनिधिले निर्माण गरेको संविधानबाट शासित हुने नेपालीको सात दशक लामो चहाना यो संविधानले पुरा गरेको प्रदेश १ का मुख्य मन्त्री शेरधन रार्इले बताएका छन् ।
सविधान दिवस–राष्ट्रिय दिवसको अवसरमा प्रदेश १ सरकारले आयोजना गरेको कार्यक्रममा मुख्य मन्त्री सेरधन राइले शुभकामनामा उनले सामाजीक सदभाव एंव राष्ट्रिय एकताको भावनालाई अझ खदिलो बनाउनको लागी आजको दिनले हामी सबैमा बलियो संकल्प र प्रेरणा प्राप्त हुन सकोस भन्ने कामना व्यक्त गरेका थिए ।
केन्द्रिकृत सरकारले लोकतन्त्र र सामाजीक न्याय सुनिश्चित गर्न नसकेको कारणले त्यसका विरुद्ध आन्दोलन गर्नु परेको उनले बताए । २०७२ असोज ३ गते जारी भएको संविधानसँगै नेपाल लोकतान्त्रीक गणराज्यमा विधिवत प्रवेश गरेको उनले बताए । उनले संविधानले नेपालका सबै वर्ग,जातजाती,धर्म संस्कृती,पिछडिएको क्षेत्र सबैको हक र अधिकार एंव अवसरलाई संस्थागत रुपमा सुनिश्चित गरेको बताए ।
संविधान निर्माणको क्रममा केहि असन्तुष्टि देखिए पनि तिनै तहको निर्वाचनमा सबैको सहभागिताले संविधान सर्वस्विकार्य बनाएको उनको कथन थियो । प्रदेशवासी जनताको विकास,समृद्धि, सुशासन र सम्मानको चाहनालाई पुरा गर्न सरकार संवेदनशील रहेको दावी गरे ।
शुभकाना मन्तव्यका क्रममा उनले संविधानमा व्यवस्था भएका विषयलाई कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको जिकिर गरे । प्रदेशलाई व्यवस्थित रुपमा अगाडी बढाउन शुन्यबाट संरचना लगायतको तयारी गर्नु पर्ने भएकोले केहि समय लाग्ने उनले बताए । सरकार प्रमुख देखिए पनि संविधान कार्यान्वयनका लागी सबैको साथ र सहयोग आवश्यक रहेको उनको धारण थियो ।
विराटनगरको सहिद मैदानामा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रम एक दर्जन बढी विद्यालयहरुको सहभागिता थियो । साथै विभिन्न संस्थाको पनि सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न विद्यालय,प्रहरी,सशस्त्र प्रहरी ,नेपाली सैनीकले मार्च पास गरेका थिए । त्यसैगरी विभिन्न जातजातीको पहिचान झल्काउने झाकीको समेत प्रदर्शन गरेका थिए । संयुक्त टोल संगठन विराटनगरले प्रस्तुत गरेको झाकी तेस्रो भयो । साथै ज्येष्ठ नागरिक हातेमालोले सानत्वना पायो । विद्यालय तर्फबाट भने पोखरीया मावि प्रथम,शिक्षा सदन मावि दोस्रो र नर्सिङ क्याम्पस विराटनगर तेस्रो भएको थियो । त्यसैगरी सानत्वना भने बहिरा मावि विराटनगर र एभरेष्ट बोर्डिङ स्कुल विराटनगरले संयुक्तरुपमा हात पारे । कार्यक्रममा प्रदेश प्रमुख,प्रदेश सरकारका मन्त्रीहरु,सांसद,कर्मचारी,राजनैतिक दलका नेता कार्यकरता लगायतको उपस्थिति रहेको थियो ।