ताप्लेजुङ/ताप्लेजुङमा अवस्थित किराती धर्मावलम्बीको साझा तिर्थस्थल फक्ताङ्लुङमा तिर्थ जाने सिजन सुरुभएको छ । सिजन सुरु भएसँगै पूर्वका विभिन्न स्थानमा रहेका तथा विदेशबाट समेत तिर्थयात्राको लागि आउने किराँत धर्मवलम्बीहरूको पनि जिल्ला सदरमुकाम फुङलिङमा चाप बढेको छ ।
जिल्लाको उत्तरी फक्ताङ्लुङ गाँउपालिका वाड नं. ६ लेलेपमा रहेको विश्व किरातीहरूको धार्मिक साँस्कृतिक पर्यटकीय स्थल पवित्र आस्थाको केन्द्र महातिर्थभुमि, ज्ञानभुमि, कर्मभुमि, पुण्यभुमि सेन्छेई फक्ताङ्लुङमा किरात धर्मावलम्बी विगतझै यो वर्ष पनि तिर्थयात्राका लागि लस्कर लाग्न थालेको छ ।आफ्ना पवित्र पावन भुमि सम्झेर सेवा भक्तिका निम्ती तिर्थयात्रामा निस्कने गरेका छन् ।
किरातीहरु फक्ताङलुङ फेदीमा रहेको ढुङगामा पुग्ने गरेका छन् । सो ढुङगाको दायाँ वाँया दुई ओडार रहेको छ । सो ओडारलाई किरात मुन्धुमी पानमा मारुम तेम्वे पारुम तेम्बे अर्थात मातृ ओडार पितृ ओडार भनेर चिनिने गरेको किराँत मुन्धुमका जानकार ज्ञानु फुरुम्वो बताउँछन् ।
त्यहि स्थलमा पुगेर किरात धर्मवलम्बीहरू सेवा भक्ति आराधाना गर्ने गर्दछन् । “यहाँ सम्म पुगेपछि सबबै घर परिवारमा सुख, शान्ति हुन्छ भन्ने विश्वास रहेको छ ।, सोहि कारणले फक्ताङलुङ दर्शनका लागि आएका हौँ ।” ईलामबाट किराँत धर्मवलम्बीहरूको टोलीलाई लिएर आएका डम्बर राईले भने, “त्यहाँ पुग्नको लागि इलामबाट नै खाने भाँडा देखि लिएर खाद्यान्न् साथै सुत्ने लत्ताकपडाको समेत प्रवन्ध मिलाएर डोकोमा बाेकेर हिँडेका छौँ ।”
इलामबाट आएको यस टोलीमा २८ जना रहेका छन् । उनिहरु खानेकुरा, लत्ताकपडा साथै सम्पूर्ण सामग्री डोकोमा बाेकेर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट अघि बढेका छन् । दर्शन गर्ने स्थान पुग्नको लागि मात्रै ५ दिन सम्म लाग्ने किराँत संस्कृती तथा मुन्धुमका जानकार ज्ञानु फुरुम्वुले बताए ।
“मुन्धुम र महागुरुको धार्मिक उपदेशमा उल्लेख भए अनुसार यो स्थल किरातीहरुको उत्पति स्थल र किरात धर्मवलम्बीहरूले पुज्दै ल्याएको हाङसाम थेवा हाङसाम युमा अथवा ज्ञान,विवेका शक्ति सिद्धी शक्तिका धनी सत्यको रानी सत्यका राजा, पितृ देव मातृ देवहरुको बास स्थान हो त्यसैले पवित्र स्थल सेन्छेई फक्ताङलुङमा जानेका यो सिजनमा त लर्को नै लाग्ने गर्दछ ।”
फुरुम्वुले भने किराँत महागुरुको उपदेश अनुसार सम्पुर्ण किरात धर्मवलम्बीहरू वर्षको एक पटक सो स्थलमा सेवा भक्ति गर्न पुग्नै पर्ने नस्कनेले जीन्दगीमा एक पटक अनिर्वाय पुग्नै पर्ने सक्नेले वर्षै पिछे जानु पर्ने र जो व्यक्ति सो स्थलमा पुगेर सेवा दर्शन गर्न सक्छ पछिल्लाे जन्ममा ज्ञान शक्ति, धन शक्ति, जन शक्ति र राज शक्ति लिएर जन्म हुन्छ र।जीवनमा आफुले गरेको कुर्म पाप सबै नस्ट हुन्छ ।
तिर्थको लागि नेपाल लगायत भुटान, भारतको डार्जे्िलङ, सिक्कीम, आसाम, वर्मा, यु.के हङकङ, वेलायत, अमेरिका, कोरिया, मलेसिया, साउदी अरब जस्ता देशहरुबाट भक्तजनहरु आउने गरेका छन् ।
फुङलिङबाट दूई ओटा बाटो ताप्लेजुङ सदरमुकामबाट सो स्थलमा जान दूई ओटा बाटो रोज्नु पर्ने हुन्छ । ताप्लेजुङ बजार देखि सिवा,छिरुवा,तागेरा निवाङ भुफुकु,लेलेप, आम्चिलेसा, गोप्ला, फले,घुन्सा हुन्दै ५ दिनको पैदल यात्रामा तिर्थ भुमि फक्ताङलुङ मारुम देन पारुम देन पुग्न सकिन्छ ।
अर्को बाटो भने ताप्लेजुङको कावेली श्रीङचोक हुन्दैँ पन्ध्र सोह्र दिनको यात्रामा पुग्न सकिन्छ । मौसमको हिसावले साउन भदौ महिना अनुकुल हुने स्थानिय अगुवाहरुको भनाई छ । चारै तिर माई कोपीला, विखमा, भइरुङ पाति, सुनपाति, सर्मगुरु, यार्सागुम्बा जस्ता वनस्पती पाइन्छ ।
किरात धर्मलवम्विहरुले विगतका समयमा आफना धार्मिक तिर्थ भुमि कहाँ हो भने अन्याेल रहेको अवस्थामा महागुरु फाल्गुनन्द लिङदेनले पहिलो पटक १९९३ सालमा भक्तजनहरुको साथमा फक्ताङलुङ यात्रा गर्नु भएको थियो । सोहि समय देखि किरात धर्मलवम्बीहरुले आफ्ना तिर्थ भुति, कर्म भुमि र पुण्य भुमिको रुपमा पूज्ने र सो स्थलका लागि वर्षै पिछे तिर्थ यात्रा गर्दै आईरहेका छन् ।
सो तिर्थ भुमि धेरै अग्लो र दुर्गम स्थानमा रहेको हुदाँ यात्रा गर्दा आफुलाई चाहिने भौतिक सामाग्री बोक्नु पर्ने हुन्छ ।