इलाम/ सवारी तथा यातायात व्यवस्था ऐन २०४९सशोंधन गरेको विरोधमा देशभर यातायात व्यवसायीहरुले गरेको आन्दोलन चार दिनमा इलाममा यातायात व्यवसायी,मजदुरहरु बन्द सुचारु गर्नेमा सहमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलाम,यातायात व्यवसायी, कानुन व्यवसायीबीचको वार्तासगैँ विहीबार दिउँसोबाट इलाममा सवारीसाधन खुला गर्नेमा सहमत भएसगैँ व्यवसायीहरुले बन्द खुलाउनेमा सहमति भएको हो ।

कानुनको सशोंधनले व्यवसायी तथा मजदुरहरु अन्यायमा परेकाले यातायात व्यवसायी,यातायात मजदुरको असोज एक गतेबाट भएको बन्दले जनतामा परेको असरलाई मध्यनजर गरि इलाममा भने वार्ता पश्चात अनिश्चितकालिन बन्दको छलफलका मााध्यमबाट यातायात व्यवसायीहरुले बन्द सुचारु गर्नेमा सहमत गरेका छन् ।

छलफलमा सवारीसाधन चालकलाई असर नपर्ने गरि सशोंधन गरिएको र यसले पहिले अहिलेमा खासै असर नदेखिने भएकाले इलाममा सवारीसाधन बन्द नगर्नेमा सहमत भएको हो । छलफलमा यातायात व्यवसायी,मजदुरबीच सवारी चलाउँदा हुने दुर्घटनाबाट कसैको मृत्यु भएमा चालकले पाउने सजायमा सामान्य मात्र परिवर्तन भएको बुझेपछि सवारी साधन सञ्चालन हुनेमा सहमति भएको हो ।

ऐन कानुनको विषयमा जानकार नभएकाले समेत कानुनवीदहरुबीचको छलफलबाट इलाममा बन्द फिर्ता भएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले बताए ।