इटहरी / मिठाईको स्वादका पारखिहरुको लागि इटहरीमा युनिक स्वीट्स् एण्ड स्न्याक्स खुलेको छ ।
इटहरीको सेन्टर प्लाजामा विहीबारदेखि सो पसलले व्यापार शूरु गरेको हो । विराटनगरमा दुई स्थानमा सञ्चालनमा हरेको युनिकले इटहरीमा तेस्रो शाखा विस्तार गरेको हो ।
आफ्नै उत्पादनमा विभिन्न स्वादका मिठाई तथा नमकिन एवम् अन्य खाजाका र परिकारहरु पाइने सञ्चालक चन्दन जैनले जनाए । सुनपाप्री, लालमोहन, रसगुल्ला, सुगर फ्रि पेडा, काजु वर्फी लगायतका परिकार आफ्नै उत्पादन रहेको रहेको जैनले बताए ।
युनिक स्वट्स एण्ड स्न्याक्स इटहरीका मेनेजर लुनाराम शर्माका अनुसार विहानको खाजा नास्तादेखि दिउँसोको खाजा र मिठाइका परिकारहरु उपलब्ध हुनेछन् ।