रङ्गेली । प्रदेश १ सकारकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरे संघिय सरकार असफल हुने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले विराटनगरमा विहिबार आयोजना गरेको चियापान कार्याक्रममा मन्त्री आङबोले ‘सबै अधिकार मुठ्ठयाएर माथि बस्ने अनि घण्टौ सम्म समृद्धिको भाषण गरेर केहि हुदैन’ भन्दै संघिय सरकार प्रति आक्रोस पोखे । उनले केन्द्र सरकारले आफैलाई बजबुत बनाउन शक्ति हस्तान्तरण नगरेको दावि गरे ।उनले संघियता असफल हुनु भनेको अहिलेका सबै राजनैति दल नै असफल हुने बताए । संघिय सरकारले आफ्नो ‘सुप्रिमेसी’ कायम राख्न वित्तिय आयोगलाई पुर्णता नदिएको आरोप लागाए । आर्थिक मन्त्री आङबोले वित्तिय आयोग नबन्दा संघिय सरकारले दिए जस्तो र प्रदेश सरकारले थापे जस्तो गर्नु पर्ने आवस्था रहेको जिकिर गरे । उनले उठेको करको बाडफाडको सबै काम वित्तिय आयोगले गर्ने भएकोले अफु कम्जोर हुने ठानेर आफ्नो ‘सुप्रीमेसी’ कायम राख्न संघिय सरकारको अर्थ मन्त्रालय र उच्च तहका कर्मचारीले वित्तिय आयोग गठन हुन नदिएको आरोप लागाए । जसले गर्दा एक वर्ष देखि कर्मचारी समायोजन समेत रोकिएको उनले बताए ।अहिले भइरहेको करको किचलो पनि वित्तिय आयोग नहुनाको परिणाम भएको उनले बताए । आर्थिक मामिला तथा योजना मन्त्री इन्द आङबोले संविधानले समुदायीक विद्यालय संचालनको सबै अधिकार स्थानिय सकारलाई दिइसकेको आवस्थामा प्रधामन्त्रीले चाहेर पनि केहि गर्न नसक्ने बताए । स्थानिय सरकारले राम्रो काम गरे प्रधामन्त्रीकै प्रसंसा हुने उनले बताए । उनले सरकार संचालन संविधानले तोके बमोजिम हुने बताए । मन्त्री आङबोले प्रदेश सरकारलाई अत्यावश्यक कार्यालयहरु असोज १५ भित्र संचालनमा ल्याइसक्ने बताए । असोज महिना विभत्रै पुजीगत खर्च सुरु गर्ने उनले बताए । उनले प्रदेशको नाम र स्थाइ राजधानी यसै वर्खे अधिवेसमा टुङयाउने बताए ।