धनकुटा । धनकुटा जिल्लाका भुकम्प प्रभावित २ हजार, ७ सय ९६ लाभग्राहीहरुले पहिलो र दोश्रो किस्ता वापत ३४ करोड, २७ लाख अनुदान रकम पाई सकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवास्थापन तथा स्थानिय पुर्वाधार कार्यालय धनकुटाले विहिवार जनाएको छ । अनुदान व्यवास्थापन तथा स्थानिय पुर्वाधार कार्यालय धनकुटाका प्रमुख दिपनारयण झाका अनुसार धनकुटा जिल्लाको ७ स्थानिय तहमा जम्मा २ हजार, ७ सय ९६ भुकम्प प्रभासवत लाभग्राही रहेको वताएका छन् । जसमध्ये शहिदभुमी गा.पा.मा १ सय ७६ घर, धनकुटा नगरपालिकामा ४ सय २७ घर, साँगुरीगढीमा १ सय ३ घर, चौविसे गा.पा.मा ३ सय ४३ घर, छथरजोरपाटी गा.पा.मा ३ सय ८२ घर, महालक्ष्मी नगरपालिकामा १ हजार, ३२ र पाख्रीवास नगरपालिकामा ३ सय ३३ घर रहेको स्पष्ट पारेका छन् । जस अन्तरर्गत हालसम्म सातै स्थानिय तहमा रहेका भुकम्प प्रभावित लाभग्राहीहरु मध्ये पहिलो किस्ता अनुदान रकम २ हजार, ४ सय ८३ घरले १२ करोड, २१ लाख, ५० हजार पाएको प्रमुख झाले वताएका छन् । त्यसैगरी दोश्रो किस्ता वापत १ हजार, ४ सय ५७ घरले २१ करोड, ८५ लाख रुपयाँ अनुदान पाएको झाले वताए । त्यसैगरी रेट्रो फिटिङ्ग भुकम्प प्रभावितले आफ्नो घर मर्मत सम्भार गरेर वस्न सक्ने जिल्ला मै ७० जना रहेकोमा हालसम्म धनकुटा नगरपालिकामा १ जनाले मात्र पहिलो किस्ता वापत ५० हजार पाएको वताइएको छ । मर्मत सम्भार गरेर वस्न हुने लाभग्राहीले न्यूनतम १ लाख रुपयाँसम्म अनुदान पाउने व्यावस्था रहेको वताईएको छ । जिल्लामा भुकम्प प्रभावित भएको तर मुल्याङ्गकनमा अनुदान व्यवास्थापन तथा स्थानिय पुर्वाधार कार्यालयको मापदण्ड अनुसार नपरेको भन्दै कार्यालयमा उजुरी दिनेको संख्या पनि २ हजार, ५ सय, १५ पुगेको छ । त्यसैगरी तेश्रो किस्ताको लागी भाद्र मसान्तसम्ममा चौविसे गाउँपालिकावाट ६५ घरको अनुदान रकम निकासाको लागी निवेदन प्रक्रियागत ढंगले कार्यालयमा आएको अनुदान व्यावस्थापन कार्यालयका लेखापाल गजेन्द्र भट्टराईले वताएका छन् । उनले आवश्याक प्रक्रिया पुगेर आएको र भुकम्प प्राधिकरण पुनःनिर्माणको मापदण्ड अनरुप निर्माण कार्य सम्पन्न भएकाले प्रति घर १ लाख, ५० हजारका दरले पुनः अनुदान पाउने भट्टराईले वताए । उनले धनकुटा जिल्लामा भुकम्प प्रभावित लाभग्राहीहरुले तेश्रो किस्ता वापत २७ करोड, ९६ लाख रुपयाँ अनुदान पाउँन वाँकी रहेको वताएका छन् । हालसम्म ७ तहका भुकम्प प्रभावित लाभग्राहीले हालसम्म कसैले पनि कार्य सम्पन्न नगरेको र तेश्रो किस्ताको अनुदानको लागी निवेदन आएको हुँदा अव चाँडै स्थलगत रुपमा निरिक्षण गरेर अनुदान रकम निकासा गरिने पुर्वाधार कार्यालयका प्रमुख दिप नारयण झाले ब्लाष्टलाई वताएका छन् । उनले स्थानिय तहका जनप्रतिनिधिहरुले विशेष गरेर वडातहवाट निर्माण कार्यको काम नभएकोलाई पनि काम सम्पन्न भनेर सिफारिस गर्न इन्जिनियरहरुलाई दवाव दिने गरेको गुनासो गरेका छन् । त्यसरी फेक खाल्को काम नै नगरी सिफारिस, नक्कली कागजातको आधारमा पुर्वाधार नै निर्माण नगरी तेश्रो किस्ता माग गर्नेहरुको स्थलगत रुपमा अनुगमन गरेर मात्र निकासा गर्ने पनि झाले स्पष्ट पारेका छन् ।