मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाको गौरवको आयोजनामा आर्थिक अनियमितता भएको आरोप लगेको छ ।

विहिबार मोरङको मिक्लाजुङ गाउँपालिकाले आ.व. २०७४/०७५ को वार्षिक प्रगती तथा समिक्षा कार्यक्रममा नेका मिक्लाजुङ सभापती सेमन्तराज दाहालले मधुमल्ला, टाँडी हुँदै रमिते सम्म पुग्ने सडकमा आर्थिक अनियमितता भएको व्यापक जनगुनासाहरु आएकाले सोको सत्य तथ्य छानविनको माग गरेका छन् ।

साथै अन्य कतिपय योजनाहरुमा समेत चित्तबुझदो काम नभएको पाइएकाले प्रगती तथा समिक्षा गोष्ठिलाई आलोचनात्मक सर्मथन गरेको दाहालले बताए ।

उता नेकाका अर्का नेता मानबहादुर राईले खाना खाएको थालमा केही झुठो रहने वा खाना अपुग हुने तर धेरै खर्च गरिएका शिर्षकहरुमा बिनियोजित रकम र खर्च रकम बराबर हुर्न संकास्पद भएको बताए ।

यस आ.व.मा मिकलाजुङ गाउँपालिकाले कुल बजेटको ७८. २ प्रतिशत कार्य सम्पन्न भएको र यो खर्च विवरण विकसित देशहरुको तुलनामा नजिक पुगेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले बताए ।

कहिले काँही खर्च छुट्टयाईएको रकम र किन्ने समग्रीको मुल्य बराबर हुने र बराबर देखीएका शिर्षकहरुमा शंका गर्नु पर्ने कुनै ठाउँ नरहेको प्रष्ट पारे ।

कतिपय योजनाहरुमा चुहावट भई आर्थिक अनियमिता भएको भएमा त्यस विषयलाई आफुले खोजी गर्ने प्रतिबद्धता आचार्यले व्यक्त गरे ।

कार्यक्रममा विषयगत समिति शिक्षा, स्वास्थ्य, सुचना प्रविधी, कृषि, आर्थिक र भौतिक शाखाका प्रमुखहरुले हालसम्म भएगरेका कार्यहरुको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. १, २ , ४, ७ , ८ र ९ का वडाध्यक्षहरु नरबहादुर राई, गौरी प्रसाद राई, बुद्धीमान लिम्बु, शुशिलराज चौहान, नविन कार्की र सोमनाथ अधिकारीले वडा स्तरमा संचालन हुने योजना र तिनिहरुको संचालन र आर्थिक पारदर्शिता लाई उच्च प्रथामिकतामा राखेर खर्च गरेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरला राईले नेका प्रतिनीधिहरुले उठाएका कार्यहरुलाई सम्बोधन गर्दै गाउँपालिकाको विकासमा प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा उठेका विविध समस्याहरुको प्रस्टिकरण गर्दै गाउँपालिका अध्यक्ष देववी प्रसाद आचार्यले जनालाई सेवा दिने कुरामा निरन्तर लागि पर्ने तर केही कनुन त समस्याहरु रहेका कारण आसातित रुपमा अगाडी बढ्न कठिनाई भएको बताए ।

यद्धपी मितव्ययि भएर निरनतर रुपमा जनहितका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।