भद्रपुर/ सेवाग्राहीलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले प्रत्येक वडामा राजस्व सङ्कलन गर्ने व्यवस्था शुरु गरेको छ ।

भद्रपुर नगरमा रहेका दश ओटा वडा कार्यालयमा बिहीबारबाट लागू हुने गरी यस्तो व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

वडा कार्यालयमा सम्पत्ति करबाहेक अन्यको राजस्व लिँदै आएकामा अब सम्पूर्ण कर वडाबाट नै हुने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले जनाए ।

सेवालाई प्रभावकारी बनाउन असोज १ र २ गते सबै वडाका कर्मचारी, सामाजिक परिचालिकालाई समेत तालिम दिएर प्रविधिको प्रयोगबारे सिकाइएको उनले बताए ।

अनलाइनमार्फत् हुने सेवामा मुख्य सर्भर भने नगरपालिकामा रहने नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।