इटहरी/ सुनसरीको व्यस्त बजार भुटाहामा दिनदहाडै गोली हानी मुस्लिम मौलाना खुर्सिद आलमको हत्या भएपछि यहाँ सन्त्रास छाएको छ ।
मुस्लिम समुदायका अगुवा र मौलना समेत रहेका उनको हत्यालाई लिएर शुत्रबार ठाउँ ठाउँमा टायर बोलेर प्रहरी बिरुद्ध नाराबाजी गरेका हुन् ।
भारतबाट आएका हतियारधारी सुटरलेबीच बाटोमा रोकेर आलमको टाउको र छातीमा गोली हाने उनको घटनास्थलमै मृत्यू भयो । यो घटना पछि सुनसरीमा बेग्लै खालको सन्त्रास छाएको छ ।
गोली चलाइएको घटनास्थल नजिकै डिएसपीको कमाण्डमा शसस्त्र प्रहरीको बेस क्याम्प रहेको छ भने नजिकै रहेको बसन्तपुरमा दंगाको गुल्म रहेको छ । करिव ७ किलोमिटर भित्र आएर सुटरले गोली हानी फर्के तर नेपाली सुरक्षाकर्मीले गोली चलाएनन् ।
यो घटनालाई स्थानियबासीले षडयन्त्रको रुपमा भन्न थालेका छन् ।
शसस्त्र प्रहरीले गोली नचलाएको, प्रहरी बोलाउँदा पनि ढिला आएको भन्दै सेटिङंमै गोली हानिएको हुन सक्ने स्थानियको आरोप छ । षडयन्त्र पूर्वक मारिएको भन्दै स्थानियबासी आन्दोलित भएका छन् ।
घटनाको विषयमा सुरक्षा निकायको फितलो सुरक्षा र लापरवाही देखिएको मुस्लिम अगुवा तथा पूर्व राज्यमन्त्रि जाकिर हुसेनले बताए ।२०६८ साल असोज ९ गते तत्किालिन इस्लामिक संघका महासचिब फैजल अहमदको काठमाण्डौमा दिन दहाडै गोली हानी हत्या भएको थियो ।
त्यो घटना पनि त्यसै सेलाएको थियो । अहिले फेरी त्यस्तै घटना भएको छ । यो घटना पनि विगत देखीकै मुस्लिम अगुवाको हत्याश्रृंखला भएको सुनसरीका मुस्लिम अगुवाहरु बताउँछन् ।
संम्बेदनशिल मानिएको क्षेत्रमा प्रशासनले मानिसहरुलाई सुरक्षा दिन नसकेको सुनसरीका मुस्लिम अगुवा तैहव अन्सारी बताउँछन् । यसलाई गम्भिर रुपमा लिनुपर्ने उनको भनाई छ ।घटना हुँदा प्रहरीको भूमिका र घटनापछि प्रहरी प्रशासनको भूमिका शंकास्पद देखिएको भन्दै स्थानियबासी आक्रोसित भएका छन् ।
गृहमन्त्रीले जवाफ दिनुपर्ने, हत्याको छनविन गर्नुपर्ने,मृतक आलमलाई सहिद घोषण गर्नुपर्ने भन्दै स्थानियबासी आक्रोसित बनेका छन् । जनआक्रोस बढ्दै गएपछि सुनसरी प्रशासनले घटना साम्य पार्न पहल गरिरहेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले छानविन समिती गठन गरेको जानकारी दिएका छन् । एक नम्बर प्रदेश प्रहरीका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्य छानविन समिती गठन गरिएको उनले जानकारी दिए ।
यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले पनि छुट्टै छानविन गर्ने बताइएको छ । सिआईवीको टोली घटनास्थल आउँदै गरेको उप्रेतीले जानकारी दिए ।
यता, आन्दोलनरत पक्षसँग वार्ता गराउन पनि पहल भइरहेको उनले जानकारी दिएका छन् ।