इलाम/ लामो समयदेखी शनिबार बन्द रहदैँ आएको इलाम सदरमुकाम चाडवाडलाई मध्यनजर गरि असोज ६ गते शनिबारबाट एक महिनाका लागि खुल्ने भएको छ ।
दसैँ,तिहार,छठ पर्वलाई लक्षित गरि शनिबार समेत बजार तथा बजारका पसलहरु खुला गरिने उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रायजसो शनिबार सुनसान हुने इलाम बजार सधैँ झै चाडपर्वलाई लक्षित गरि एक महिनाका लागि सूचना जारी गरि खुला गरिएको हो ।
इलाम नगरपालिका,माईजोगमाई गाँउपालिका,सन्दकपुर गाँउपालिका,देउमाई नगरपालिका लगायतका विभिन्न स्थलहरुबाट किनमेल गर्न इलाम सदरमुकाम आएने गरेका छन् ।
चाडबाड सूरु भएसगैँ बजारमा भिडभाड बढ्ने हुनाले हाटको दिन मात्र किनमेल गर्नुपर्ने अवस्थालाई समेत ध्यानमा राखी शनिबार बजार खुला हुने गर्दछ ।
बीदाको समयमा विद्यालय, कार्यालयहरु बन्द हुने हुनाले विद्यार्थी,कर्मचारीलाई समेत किनमेलमा सहज हुने र यसले बजार तथा व्यवसाय समेत बढ्ने हुनाले सबैलार्इ सहज हुने गरि बजार खुला गरिएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द प्रसाद कट्टेलले बताए ।
उनले नियमित जसो शनिबार बन्द हुने जिल्लाभरकै बजारहरु समेत खुला गर्न निजी व्यवसायलाई आह्वान गरेको बताए ।
चाडबाडको समयम सुरु भए पश्चात पसलहरुको कारोबार समेत वृद्धि भएको र यसबाट सबैलाई सहज हुने हुदाँ सूचना जारी गरि छठ पर्वसम्म शनिबार बजार खुला गर्न आह्वान गरिएको उनको भनाई छ ।