पाँचथर । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि शुक्रबार सात सदस्यीय समिति गठन भएको छ । पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवँरको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले निर्माण व्यवसायी दिनानाथ अधिकारीको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष निलम गिरी, सचिव मोहन दाहाल, सह–सचिव सूर्य मगर र कोषाध्यक्ष बिमला हाङसरुम्बा चयन भएका छन् । सदस्यमा गजाधर भट्टराई र कृष्णप्रसाद मिश्र चयन भएका छन् । त्यस्तै फिदिम नगरपालिका १, २ र ४ नम्बरका वडा अध्यक्ष सहित ट्राफिक प्रहरी प्रमुख जनकराज तिम्सिना पदेन सदस्य छन् ।
ट्राफिक भवन निर्माणका लागि फिदिम–१, स्थित माथिल्लोगाउँ सामुदायिक वनको एक रोपनी जग्गा उपलब्ध गराइएको छ । समितिले स्थानीय, प्रदेश र संघीय सरकारसँग आवस्यक बजेटका लागि समन्वय गरी भवन निर्माणकार्य पूरा गर्ने समितिका अध्यक्ष अधिकारीले बताए । जिल्लामा ट्राफिक भवन नहुँदा लामो समयदेखि भाडाको भवनमा कार्यालय सञ्चालन हुँदै आएको छ ।