इटहरी । भारतीय हतियारधारी समूहले नेपाल आएर सुनसरी हरिनगरको भूटाहाका विद्यालय सञ्चालकलाई हत्या गरेकोमा स्थानीयबासीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरे । भारतबाट आएको ४ जनाको समुहले बिहीबार ११ बजेतिर हरिनगर वडा नं. २ को भूटाहा बजार नजिकै सञ्चालित रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० बर्षीय मौलाना खुर्सिद आलमको गोेली हानी हत्या गरेको थियो । घटनालगतैदेखि स्थानीयले शान्ति–सुरक्षाको माग राखेर प्रदर्शन गदै आएका छन ।
स्थानीय लस्करी अनसारीका अनुसार, गृहमन्त्रीले घटनाबारे सम्बोधन गर्नुपर्ने, हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने, शान्ति–सुरक्षा कायम गर्नुपर्ने, शहीद घोषण, उच्चस्तरीय छानबीन समिति र क्षतीपूर्तिको माग राखेर प्रदर्शन गदै आएका माग मध्ये शहीद घोषणा र क्षतीपूर्तिबाहेक अन्य माग पुरा भइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । ‘शहीद घोषणा र क्षतीपूर्तिका सवालमा पनि मन्त्रीपरिषद बैठकले निर्णय गर्ने आशा छ,’ उनले भने, ‘स्थानीयसँग गृहमन्त्रीसँग वार्ता गर्न पाँच सदस्यीय समिति बनाउनेसँगै छानबीन समिति गठन भएको प्रजिअ उप्रेतीको भनाई छ ।
प्रजिअ उप्रेतीले भने केहि कुरा मिल्न बाँकी छ मिले पछि शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिनेछ । गोली प्रहार गरिएको स्थानबाट भारतीय सीमा क्षेत्र नेपालतर्फको घुस्की आठ किलोमिटर र घुस्कीभन्दा पश्चिमतर्फ भारतीय बासमतीया बजार पाँच किलोमिटर दुरीमा छ । हत्या भएलगतै गाउँलेले प्रहरीलाई सूचना गरेका थिए । हत्या गरिएको स्थानभन्दा झन्डै छ किलोमिटर अगाडि घुस्की प्रहरी हत्तपत सडकमा आएर गोली प्रहार गर्ने समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै गोली प्रहार गरिएको थियो । खुर्सिदको हत्यापछि अनेक आशंका समेत गर्न थालिएको छ। हत्या के कारणले भयो ? भनेर अहिलेसम्म केही खुल्न सकेको छैन् । कतिपयले भने इन्डियिन मुजाहिद्दिना चार जना लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी बनाउन सहयोग गरेकोले भारतीय गुप्तचर संस्थाले निगरानी गरेको केही महिनापछि हत्या भएको दावी गरिएको छ। तर, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अहिलेसम्म नक्कली नागरिकता र राहदानी बनाउन सहयोग गरेको बारे केही कुरा नआएको बताए । मौलान खुर्सिद आलमको घटनाबारे छानबीन गर्न शुक्रबार गृह मन्त्रालयले छानबीन समिति गठन गरेको छ। गृहमन्त्रालयले प्रदेश नं. १ का एसएसपी किशोर दाहालको नेतृत्वमा समिति गठन गरेको हो । पाँच सदस्यीय समितिमा सशस्त्र प्रहरीका एसपी रेशकुमार यम्सु, राष्टिय अनुसन्धानका निर्देशक तुलसी प्रसाईं, प्रदेश नं. १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजेन्द्र पाण्डे छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ । घटनाबारे छानबीन गर्नका लागि सिआइबीको छुट्टै टोली पनि आउने भएको छ।
प्रदेश नं. १ विराटनगरका प्रमुख डिआइजी केदार रिजालका अनुसार, सिआइबीको टोली र गृहमन्त्रालयले गठन गरेको एसएसपी नेतृत्व टोलीले घटनाको सम्पूर्ण पक्षको अनुसन्धान गर्ने बताए । छानबीन समिति गठन भइसकेकाले गर्दा प्रतिवेदन आएपछि मात्र वास्तविकता खुल्ने बताए । हामीले यो विषयलाई गम्भिरता पूर्वक लिएको छौ उनले भने ।
प्रहरीको टोली नै परिवर्तन
बिहीबार मध्य दिउँसो भारतीय नागरिकले मौलान खुर्सिद आलमको हत्यारालाई गोली नहान्नु प्रहरीको त्रुटी रहेको सर्वसाधरणहरुले विरोध गरे पछि प्रहरीको युनिटनै परिवर्तन गरिएको छ । प्रहरी टोलीले चित्त बुझ्दो काम नगरेको भन्दै धुस्की प्रहरी चौकी र रामनगर भुटाह प्रहरी बीटका प्रहरीलाई जिल्ला तानिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
लामो समय एकै स्थानमा बसेका र कार्यक्षमता सन्तोषजन नभएकालाई जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जनाए । दुवै प्रहरी बीटका प्रहरीलाई परिवर्तन गरि थप प्रहरीसहितको टोली परिचालन गरिएका सुनसरी प्रमुख एसपी राजन अधिकारीले बताए । नागरिक नै सन्तुष्ट नभएपछि त परिवर्तन गनैप¥यो एसपी अधिकारीले भने । स्थानीयबासीको एक समूहले शुक्रबार दिउँसो रामनगर भूटाहा प्रहरी चौकी अगाडि प्रदर्शन गरि घेराबेरा भत्काएको छ। अरु बेला बजार क्षेत्रमा नियमित डियूटी बस्ने गरेपनि विहीबार नभएको जनाउँदै स्थानीयले प्रहरी चौकी परिसरमा प्रदर्शन गरि घेराबेरा भत्काएका हुन्
इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका मौलाना खुर्सिद आलम अन्सारीको बिहिबार बिहान हत्या भएको छ । भारतीय गुप्तचर संस्थाले आतंककारी संगठन इन्डियन मुजाहिद्दिनको नेता भएकाले निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेको केही महिनामै मौलाना खुर्सिदको हत्या भएको प्रहरी उच्च स्रोत्रको दाबी छ ।