विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित हनुमान मन्दिर नजिक शुक्रबार कुटपिटबाट १ जना सिटी रिक्सा चालक घाईते भएका छन् ।
कुटपिटबाट को १ ह ४२२१ नम्बरको सिटी-रिक्सा चालक विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष ३० को ईन्द्रदेब शाह घाईते भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
दिउँसो सवा १ बजेको समतमा भाडाको विषयमा विवाद हुँदा सिटी-रिक्सामा सवार रहेका बिराटनगर महानगरपालिका- १३ बस्ने बर्ष १९ को बिरेन्द्र कुमार महासेठ, बर्ष २५ को बिशाल महासेठ, बर्ष ४५ को बिजय महासेठ र बर्ष ३८ को राजेश शर्माले कुटपिट गरेका थिए ।
कुटपिटबाट घाईते चालकलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएको छ भने कुटपिटमा संलग्न चारै जनालाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।