धनकुटा/ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नगर क्षेत्रमा संचालनमा रहेका अधिकांश सहकारीहरु सहकारीको मर्म र भावना विपरित संचालन रहेको पाइएकोले तिनिहरुमा वित्तिय अनुशासन कायम राख्न नगरपालिकाले कडा कदम चाल्ने बताएका छन् ।
नवज्योती बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा–१ हिलेको नवौं वार्षिक साधरणसभालाई शुक्रबार सम्वोधन गर्दै नगर प्रमुख तामाङले यस्तो बताएका हुन् ।
नगर प्रमुख तामाङले धनकुटा नगरपालिका क्षेत्रमा संचालनमा रहेको अधिकांश सहकारी वित्तियअनुशासन भन्दा बाहिर गएको पाईएकाले ति सहकारीहरुलाई नियमनगर्न नगरपालिकाले कडा कदमचाल्ने बताएका छन् ।
उनले सहकारीहरुले वित्तिय अपचनल गरेको, संस्थाको हिसाब किताब हिनामिना गरेको जस्ता गुनासो नगरवासी सर्वसाधरणबाट आएकाले अबको दिनमा नगरपालिकाले सहकारी संचालक र सहकारी संस्थाहरु प्रति कडा कदम चाल्नुको विकल्प नरहेको बताए ।
प्रमुख तामाङले प्रदेश र संघिय सरकारले संविधानतः सहकारीहरुको संचालन तथा नियमन गर्ने सम्पुर्ण अधिकार नगरपालिकालाई दिएको हुँदा अबको दिनमा नगरपालिका सहकारी नीति, नियम र ऐन बनाएर अघि बढ्ने बताए ।
उनले सहकारी संम्बन्धि ऐन ०७४ आएकोले, यस्लाई टेकेर भरखरै धनकुटा नगरपालिकाले ऐन पास गरि सकेको हुँदानगर क्षेत्रमा संचालनमा रहेका सम्पुर्ण सहकारीहरुका संचालकहरुलाई एकै ठाउँमा भेलापारेर छलफल गर्ने बताए ।
सो अवसरमा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरबावु श्रेष्ठले सहकारीहरुको काम ऋण दिने र व्याज लिने मात्रनभै सम्पुर्ण शेयर सदस्यहरुलाई एकिकृत गरेर लान सक्नु पर्नेमा जोड दिएका छन् ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष निरेन तितुङ तामाङले सहकारी ऐन २०७४ कार्यान्वयनगर्न स्थानिय सरकार लागी परेको स्पष्ट पारेका छन् । अधिकांश सहकारीहरु सहकारीको मर्म, भावाना अनि अनुशासन मुताविक संचालनमा नरहेको बताएका छन् ।
उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले नवज्योती बचत तथा ऋणको शेयर पुँजी अत्यन्तै न्युन रहेकाले शेयर पुँजी बढाउन सुझाब दिएका छन् ।
त्यसैगरी नवज्योती बचत तथा ऋण सहकारी संस्थाका संस्थापकअध्यक्ष सिताराम श्रेष्ठले सहकारीको मुख्य सम्पतिभनेको शेयर सदस्यहरु हुन्, तीनको हितमा सहकारी संचालकहरुले जिम्मेवार भएर कामगर्नु पर्नेमाजोड दिएका छन् ।
सो अवसरमा सहकारी संस्थाका अध्यक्ष धिरेन्द्र थिङ्गतामाङले आ.व.०७४/०७५ मा ५ करोड, ६४ लाख, ८८ हजार, ५ सय ६९ रुपयाँ बराबरको कारोबार भएको संस्थाको तर्फबाट प्रतिवेदनप्रश्तुत् गरेका थिए ।
उनले त्यसैगरी आ.व.०७४/०७५ मा १६ लाख, ९१ हजार, ५ सय, ७३ रुपयाँ वरावरको आय–व्याय समेत प्रश्तुत् गरेका थिए । साथै, योगेन्द्र शाहीले कोषध्यक्षको आथिृक प्रतिवेदन प्रश्तुत गरेका थिए, भने लेखा समिति संयोजक कृष्ण घिमिरेले लेखा समितिको प्रतिवेदन वाचन गरेर सुनाएका थिए ।
सहकारीको नीति तथा कार्यक्रमको बारेमा उपाध्यक्ष रामबहादुर रायमाझीले प्रष्ट पारेका थिए । सो अवसरमा उत्कृष्ट बचतकर्तामा गंगाजमुना थापा, उत्कृष्ठ ऋणीमा रमेश कार्की, शान्ती तामाङ, उत्कृष्ठ शेयरकर्तामा दिपेन्द्र कुमार वि.क., शोभातामाङ, रन्त बहादुर श्रेष्ठ, दिलकुमारी श्रेष्ठ र वोधनाथ घिमिरेलाई संस्थाको तर्फबाट दोसल्ला, सम्मानपत्र र पुरस्कार प्रदान गरेर सम्मानगरिएको थियो ।
सहकारीका अध्यक्ष धिरेन्द्र थिङ्गतामाङको अध्यक्षतमा सम्पन्ननवौं वार्षिक साधरणसभामा वडासदस्य लालचन्द्र गोङ्गवातामाङ, युवा स्वरोजगार कोषका संयोजक बविता राई, महिला सशक्तिकरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पेमाकुमारी लामा, जनप्रगती बचत तथा ऋण सहकारी संस्थालिका अध्यक्षहर्क सुब्बा, लेखा परिक्षक हरी प्रधान, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन सहकारीका सचिव अच्युत घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष रामबहादुर रायमाझीले राखेका थिए । सो अवसरमा शेयर सदस्यहरुको उल्लेखनिय सहकागिता रहेको थियो ।