मधुमल्ला । दक्षिणि ईलामको चुलाचुली गाँउपालीमा कार्यरत एक कर्मचारीको आज विहान सवारी दुर्घटना परी मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकामा कार्यरत गाउँपालिकाका योजना प्रमुख नायब सुब्बा जगत कोइराला रहेको छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापा कन्काई नगरपालिकाको सुरुङ्गामा आज बिहान करिब ९ः४५ बजे सोहि दिशाबाट आउदै गरेको ना १ क ३७२९ नंम्बरको क्रेनले कोइराला सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ईलाम जिरो प्वाइन्ट घर भई चुलाचुली गाँउपालीमा कार्यरत कोईरालाको कार्यालय आउने क्रममा दुर्घटनामा परिे घटना स्थलमा नै मृत्यु भएको चुलाचुली गाँउपाली वडा नंबर ६ का वडा सचिव रबिन्द्र दाहालले बताए ।
उनको शव पोष्र्टमाटमका लागी झपा जिल्ला अस्पताल लगिएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए । जेसिबीको ठक्करबाट कोइराला सवार मे ५ प ६६६४ नम्बरको मोटराइकल पुर्ण रुपमा क्षतविक्षत भएको प्रहरिले बताएको छ ।