[caption id="attachment_95282" align="alignnone" width="720"] धर्नामा आएका व्यवसायीहरु[/caption]

इटहरी /एकता यातायात प्रालिले यातायात कार्यालय कोशीले लाईसेन्स फारम नखुलेको भन्दै यातायात कार्यालय कोशी (सवारी) अगाडी धर्ना दिएका छन् । उनीहरुले लाईसेन्स लिने प्रक्रिया झनझटिलो भएको भन्दै सहज बनाउँन माग गरेको छ ।

टेम्पु व्यवसायहरुले प्रत्येक महिना लाईसेन्स खुल्ला गर,रातारात फर्म सकाउँने चलन बन्द गर ,सुचनाको अधिकार लागु गर,सुचना अधिकारी नियुत्ती गर, जनताले बुझ्ने व्यवस्था लागु गर भन्दै उनीहरु प्ले कार्ड सहित कार्यलयमा आएका थिए ।

उनीहरुले जनताको काममा ढिलासुस्ती गरेको भन्दै यातायात कार्यलय प्रति आपत्ती समेत जनाएका छन । यता कोशी अञ्चल कार्यलय (सवारी ) र लाईसेन्स दुबै कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका कृष्ण भुषालले भने अन्लाईन फर्म आफुहरुले मात्र नभई विभागले खोल्दै आएको बताए । अहिले पनि लाईसेन्स वितरण तिब्र गतिमा भईरहेको उनको भनाई थियो । टेम्पुको लाईसेन्स प्रक्रियागत रुपमा खोलिने उनको भनाई थियो ।