बराहक्षेत्र।नजिकिदो दशै तिहार छठ जस्ता चाडवाडको लागि वराहक्ष्ँेत्र नगरपालिकामा सुरक्षा व्यवस्था कडा बनाईने भएको छ ।
चाड पर्वमा हुन सक्ने चोरी, लुटपाट,झै झगडाको घटना रोक्न ईलाका प्रहरी कार्यलय चक्रघट्टीले विशेष सुरक्षा योजना बनाएर गएको तिज वाट नै सुरक्षा कडा बनाएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक जिवन तामाङ्गले बतँए ।
वढि भिडभाड हुने हाट वजार, बढि आर्थिक कारोबार हुने बैंक,सहकारी,वित्तिय संस्था जस्ता स्थानको पहिचान गरी सादा पोशाकमा प्रहरी परिचालन गरिएको निरीक्षक जिवन तामाङ्गले जानकारी दिए ।
नगरपालिका भित्रका विभिन्न स्थानमा सरेआम जुआ तास खेल्ने, खेलाउ“ने,चोरी गर्ने ,मादक पदार्थ खाएर जथाभावी होहल्ला र झगडा गर्नेहरु तथा त्यस्ता घटना हुन सक्ने संवेदशील स्थल लाई निगरानीमा राखिएको तामाङ्गले बताए ।

चाडपर्वमा मानिसहरुको चाप बढ्ने र आहोर दोहोर हुने बढि हुने ह“दा सजिलो टारगेट हुने वृद्ध महिला र केटाकेटीहरुको सुरक्षाको लागि नगरपालिकाको बस स्टाण्डमा प्रशासनले यात्रु सहायता कक्ष राख्न स्थानियले माग गरेका छन् ।