वि.सं. २०७५ साल ने. सं. ११३८ असाेज १० गते बुधबार, २६ सेप्टेम्बर २०१८ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। कमजोरीले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जन पनि राम्रै हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो नजिकका साथीभाइ टाढा हुनेछन् भने आफ्नाले सहयोग जुटाउनुको सट्टा धोका दिन सक्छन्। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि शुभचिन्तकहरू समेत टाढिन सक्छन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।