इटहरी । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा मगलबार राती आगलागी हुदा लाखौको क्षती भएको छ । बिद्युत शर्ट भइ आगलागी भएको इलाका प्रहहरी कार्यलय दुहवीले जनाएको छ । संस्थाका अध्यक्ष मिलिराम चौधरीले आगलागी हुदा आवश्यक महत्वपूर्ण कागजात जलेर खरानी भएको जनाए । आगलागिबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत समानहरु जलेर नष्ट भएको अध्यक्ष चौधरीको भनाई थियो । आगो निभाउन बिराटनगरबाट २,इटहरीबाट १, इनरुवाबाट १, र दुहवीबाट १ गरि ५ वटा दमकलले ४ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय दुहवीका इन्पेक्ट रामनारायण माझी जनाए । उनका अनुसार संस्थाका ७ वटा कम्पुटर,फर्निचरहरु, कागजात तथा अन्य सामाग्री जलेर नष्ट भएको छ ।