वि.सं. २०७५ साल असाेज ११ गते। बिहिवार। इश्वी सन् २०१८ सेप्टेम्बर २७ तारिख। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) केही अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)                                                                                चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ।