भद्रपुर/बहुविवाहको मुद्दामा अदालतले दोषी ठहरार्इ फैसला गरेर फरार रहेका एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ ।

झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ का २४ वर्षिय सुजन मगरलाइ जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको जनाएको छ ।

बहुविवाहको आरोपमा दुइवर्ष अघि पक्राउ परेर झापा जिल्ला अदालतबाट ५० हजार धरौटीमा मगर छुटेका थिए । अदालतले मगरलाइ ११ महिना कैद सजाय तोकेर फैसला गरेको थियो ।

सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको असूल तहसिल सम्बन्धि विषेश अभियान अन्तरगत गठित समितिले मगरलाइ पृथ्वीनगरबाट बुधबार विहान पक्राउ गरेको जिल्लाका डिएसपी तथा प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए ।

पक्राउ परेका मगरलाइ कैद भूत्तानका लागि झापा कारागार चलान गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।