सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका-३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले आश्विन १० गते दिउँसो १ बजेको समयमा ईनरुवा-३ सखुवागाछि चोक स्थितमा सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बसमा सवार भारतीय नागरिक बर्ष-४४ को बिश्वनाथ जानाले साथमा लुकाई ल्याएको-८ केजी चाँदिको तयारी गरगहना सहित भारतिय रुपैया ४२२० र नेपालि रुपैया ५४४० समेत बरामद गरी निजलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।