बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं. १ निवासी सुरज गुरुङ र वडा नं. ३ निवासी कौशीराज राईलाई हिरा जडित औंठी र सुनको सिक्री चोरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बेलबारी ४ निवासी अमृत गुरुङको घरबाट भदौ १५ गते रातीको समयमा औंठी र सिक्री चोरी भएको थियो । औठी र सिक्री चोरी गर्ने अभियुक्त गुरुङलाई काठमाण्डौबाट असोज ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए । विहीवार प्रहरी कार्यालयमा चोरी भएको सामान र अभियुक्तद्धयलाई सार्वजानिक समेत गरेको थियो ।
चोरी भएको सामान राखेको अभियोगमा प्रहरीले ईटहरी उपमहानगरपालिका वाड नं. २० बस्ने लालकुमारी राईलाई समेत पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुले १ लाख ५० हजार बराबर सुनको सिक्री र ७ लाख ५० हजार बराबरको हिरा जडित औठी चोरी गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुन्दरहरैचा नगरपालिका वाड नं. ७ बस्ने नृसिंह राईलाई अवैध हतियार भरुवा बन्दुक तथा मृगको छाला सहित प्रहरीले पक्राउ गरेको छ । राईलाई पनि प्रहरीले सार्वजानिक गरेको छ । राईको घरमा अवैध रुपमा राखेको भरुवा बन्दुक १ थान र मृगका छाला ३ थान बरामद गरि अनुसन्धान गरिरहेको छ ।