पानवारी । एक नं. प्रदेशको राजधानी धरान घोषणा हुनुपर्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्र धरानले सामाजिक सञ्जाल मार्फत प्रदेश सांसदहरुलाई सन्देश पठाउने (म्यासेज गर्ने) काम गरेको छ ।
‘माननिय ज्यू, सबै सम्भावनाको आधारले एक नं. प्रदेशको केन्द्र धरानलाई राजधानी बनाउन हार्दिक अनुरोध गर्दछौं । –नेकपा धरान’ उल्लेख गरिएको म्यासेस सबै प्रदेश सांसदलाई फेसबुक तथा ट्वीटर मार्फत आग्रह गरिएको माओवादी केन्द्रका धरान संयोजक चोत्लुङले बताएका छन् । यस अघि धरानलाई राजधानी घोषणाको माग गर्दै धरानमा क्रियाशिल सबै राजनीतिक दलले प्रतिवेदन तयार गरेका थिए । त्यसै गरी हस्ताक्षर अभियान चलाएर सो हस्ताक्षर समेत मुख्यमन्त्रीलाई बुझाइसकेको छ ।
धरानलार्इ राजधानी घाेषणा गर्न माग गर्दै नेकपाकाे म्यासेज अभियान
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































