पाँचथर । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनमा खटिएका एक कर्मचारीमाथि बाम्फोक प्रहार भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–१, मा खटिएका कर्मचारी निराजन अधिकारीमाथि बाम्फोक प्रहार भएको हो ।

अधिकारीलाई फालेलुङ गाउँपालिका–१, बस्ने ४० वर्षिय हरिसचन्द्र खड्काले बाम्फोक प्रहार गरेका हुन् । विवरण संकलन गरी खड्काकै घरमा खाना खाइसकेर उठ्ने क्रममा आइतबार राती खड्काले अचानक टाउकोमा बाम्फोक प्रहार गरेको प्रहरीले जनाएको छ । बाम्फोक प्रहारबाट अधिकारीको टाउकोमा गहिरो चोट लाग्न पुगि गम्भिर घाइते भएका छन् ।

उनको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि जिल्लाबाहिर रेफर गरिएको छ । बाम्फोक प्रहार गर्ने खड्कालाई भने पाँचथर प्रहरीले नियन्त्रणमा लिएको छ । निजमाथि जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग अन्तरगत मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।