पथरी । मोरङको पथरीशनिश्चरे–१, पथरी बजार स्थीत सुनाखरी चौकमामा प्रथम पथरीशनिश्चरे खुल्ला नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । सुनाखरी युवा क्लबले मंगलबार पथरी बजार स्थीत मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी फुटबल प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । प्रतियोगिता आगामी असोज २२ सोमबार देखि सुरु भएर २९ गते सोमबार फाइनल हुने फुटबल प्रतियोगिताका खेल संयोजक विश्व राईले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ११, द्धितीय हुनेलाई ३१ हजार १ सय ११ रुपैंया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गर्ने आयोजक टिमले जनाएको छ । प्रतियोगितामा पूर्वका ८ वटा टिम सहभागी भएका छन् । खेलमा आयोजक सुनाखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव,वेलावरी फुटवल क्वल, योसेक फुटवल क्लव, दमक फुटवल क्लव, र पथरी स्पोर्टिङ क्लवले खेल्ने पक्का भएका छन् । खेलको उद्घाटन खेल आयोजक टिम सुनाखरी क्लब र लेटाङका विचमा हुने पत्रकार सम्मेलनमा जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडीलाई प्रोत्साहन स्वारुप वेष्ट प्लेयर अफ दि टर्नामेन्ट विधामा नगद ५ हजार र टर्फिले पुरस्कारकृत गरि सम्मान गरिने भएको छ । खेलमा हाई स्कोरर,फेयर प्ले,उदयमान खेलाडी, वेष्ट गोल किपर,मिडफिल्डर गरि अन्य ८ विधामा उतकृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरीने खेल आयोजकले जनाएको छ । यूवा पुस्तालाई खेल तर्फ आकर्षित गर्न, खेलकै माध्यमबाट युवाहरुलाई लागुपदार्थ दुव्र्यसनिबाट टाढा राख्न र राष्ट्रिय स्तरको खेलाडि उत्पादन गरी राष्ट्रको खेलकुद बिकासमा थप टेवा पु¥याउने उद्धेश्यका साथ खेल प्रतियोगिता आयोजना गर्न लागिएको खेल सह–संयोजक रोषन पराजुलीले बताए । खेल सञ्चालनमा ५ लाख रुपैया वराबरको अनुमानित खर्च आउने र ५० हजार भन्दा बढि दर्शकले खेलको अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ । सुनाखरी युवा क्लबको आयोजनामा हुनलागेको फुटबल प्रतियोगितालाई नगर खेलकुद विकाश समितिको तर्फवाट १ लाख सहयोग र पथरीशनिश्चरे नगरवासी बैदेशीक रोजगारमा गएकोहरुको सहयोग, बिभिन्न संघसंस्था, सामुदायीक वनबाट रकम संकलन गरिने आयोजक समितिले जनाएको छ ।