पथरी । लायन्स क्लव अफ पथरी योङ हार्टले पथरी वजारको फोहोरमैला व्यवस्थापन गर्न फोहोर मलाई लेखिएको डष्टविन नगरको बिभिन्न स्थानमा राखेका छन् । मंगलबार पथरी चौकमा एक कार्यक्रमको आयोजना गरी पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलिपकुमार राई, उपमेयर यामुना विष्ट,वडा नम्बर १ का अध्यक्ष बाबुराम एक्देनलगाएत जनप्रतिनिधिहरुको उपस्थीतमा नगरको १४ स्थानमा डष्टविन राखिएको हो । नगरका वडा नं. १ र २ मा पर्ने मुख्यमुुख्य चौक मन्दिर लाईन,लोकतान्त्रिक चौक,यलम्वर चौक,कौशिला सुनचादी पसल आसपास, पथरी बहुमुखी क्यामपस हाता भित्र,शिखर चौक,पशुपति,सुनाखरी,वुद्घ चौक गरि ४६ हजार रकम बराबरको जम्मा १४ स्थानमा टिनको ड्रमलाई काटेर रङरोकन गरी निर्माण गरिएको फोहोर व्यवस्थापन गर्ने डष्टविन राखिएको थियो । वजार क्षेत्रमा उत्पादन भईरहेको फोहोर मैलालाई व्यावस्थापन गरि सुन्दर र सफा नगरको रुपमा स्थापित गराउने उद्ेश्यका साथ नयाँ सोच राखेर नगरको सफाई गर्ने अभियानमा लागेको लायन अध्यक्ष केदार बोहोराले बताए । कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राईले युवाहरुको जमातमा थालिएको सामाजिक कार्ययको खुलेर प्रंससा गर्नुका साथै नगरपालिकाको तर्फवाट साथ र सहयोग दिने प्रतिबद्घता जनाए । त्यसैगरी कार्यक्रममा नगरका उप –प्रमुख यमुना विष्ट वास्तोलाले पनि कामको प्रशंसा गर्दै कामको स्वागत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएत लायनका पदाधिकारीहरुको उपस्थितिमा नगरको लोकतान्त्रिक चौकवाट डष्टविन राख्ने कार्यक्रम सुरु भएको थियो । तीन महिना अघि स्थापना भएको क्लबले समाजमा बिभिन्न सामाजीक कामहरु गर्दै आएका छन् । जस्मा धड्कन राई बचाउ अभियानमा ९० काटुन पानी,साउन १७ गते सुजनशील युवा समूहसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरी ४० पिन्ट रगत संकलन, साउन २५ गते विश्वनाथ संस्कृत विद्यालयमा वृक्षारोपन,साउन २८ गते पथरी बहुमुखी क्याम्पसको जग्गामा बृक्षारोपन जस्ता कार्यक्रमहरु लायन्स क्लब अफ पथरी योङ हार्टले गरिसकेका छन् । हाल क्लवमा अवद्घ व्याक्तिहरुको स्वत स्फुर्त रुपबाट बार्षीक रुपमा जनही ८ हजार रुपैया संकलन गरि कार्यक्रम गर्दै आएको योङ हार्टले भविष्यमा दिर्घकालिन कोषको स्थापना गरि अझ प्रभावकारी रुपमा सामाजिक क्षेत्रमा सकृय भएर अगाडि बड्ने योजना रहेको क्लवका अध्यक्ष वोहोराले बताए ।