विराटनगर । सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा प्रदेश सरकारले १ नम्बर प्रदेश स्तरीय सुरक्षा रणनिति बनाएको छ । आउँदै गरेको चाडर्पवलाई लक्षित गरि प्रदेश सरकारले सुरक्षा रणनितिक तयार पारेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा मंगलबार आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठीबाट आवश्यक छलफल गरि आउँदै गरेको दशै, तिहार तथा छठपर्वमा सुरक्षामा देखिएका समस्या पहिचान गरि कार्यान्वयनका लागि आवश्यक थप योजना निर्माण गरेको गोष्ठिमा सहभागि सुरक्षा निकायका एक अधिकृतले बताए । पछिल्लो समय प्रदेशमा नयाँ–नयाँ प्रकृतिका अपराधिक क्रियाकलापहरु बढन थालेपछि सुष्म रुपमा अनुसन्धान गरि त्यस्ता गतिविधी गर्नेलाई पक्राउ गर्ने पहिलो मिसन बनाएको ती अधिकृतले जानकारी दिए ।
प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री तथा प्रदेशका प्रवक्ता हिक्मत कार्की, १४ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको सहभागि थियो ।
सुरक्षा गोष्ठिमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफनो सुरक्षा अवस्थाको बारेमा ५ मिनेटको प्रस्तुती गरेका थिए । त्यस्तै प्रदेश मन्त्रालय र जिल्लास्थित स्थानीय प्रशासन तथा सुरक्षा नियका बीच समन्वय अभिवृधि गर्न बातावरण बनाउने, प्रदेश सरकारबाट संचालन हुने कार्यक्रम कार्यान्वयनमा सहयोगको वातावरण निमार्ण गर्ने, विपद जोखिम न्यूनिकरण र विपद व्यवस्थानलाई प्रभावकारी बाउने विषयमा समेत छलफल भएको बताइएको छ ।