पथरी । मोरङको पथरीशनिश्चरे–२, मा रहेको सरस्वती आधारभुत विद्यालयलाई संरक्षणमा स्थानीय जनप्रतिनिधि र वाल क्लव लागि परेका छन् । बालबालिकालाई श्रव्य दृश्यबाट पठनपाठनमा सहजता होस भनेर वडा सदस्य पर्शुराम न्यौपानेले ३० हजार बराबरको टेलिभिजन प्रदान गरेको छ । सदस्य न्यौपानेले १२ ओटा बैठक भत्ता वापतको १० हजार रुपैया र अरु २० गरी बालकक्षामा टेलिभिजन राखिदिएको हो । स्थानिय शान्तिनगरमा रहेको सो विध्यालयले बालविकाश कक्षा देखी कक्षा ५ सम्म अग्रेजी माध्ययममा पठन पाठन गराउदै आएको छ । २०३८ सालमा स्थापना भएको स्कुलले नेपाली माध्ययममा अध्यापन गराउदै आएको थियो । गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षामा सुधार गर्ने उदेश्यले स्थानिय नव ज्योति वाल क्लवले वालविकाश कक्षा सञ्चालनमा नगद २० हजार सहयोग गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गरि शिक्षामा सुधार गर्ने उदेश्यले वडाको पहलमा चौतारी सामुदायीक वन संग सहकार्य गरि एक शिक्षीका राखेको र आउदो दिनमा वडाले नगरको सहकार्यमा थप योजना ल्याई सहयोग गर्र्नेे वडा अध्यक्ष यम प्रसाद गुरगाईले बताए ।