विराटनगर । नागरिकहरुलाई धितोपत्र सम्वन्धि ज्ञान र आवश्यक सेवाहरु एकैथलोवाट उपलव्ध गराउने उदेश्यले औधोगिक नगरी विराटनगरमा पहिलो पटक ‘प्रादेशिक पूजी वजार प्रर्दशनी’ हुने भएको छ ।

नेपाल धितोपत्र वोर्डको आयोजना यहि असोज १९ र २० गते विराटनगरको मेनरोडस्थित जैनभवनमा प्रर्दशनीको हुुन लागेको हो ।

धितोपत्रवोर्डले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी धितोपत्र बजार सम्वन्धि जानकारी गराउदै सेवा प्रभालार्ई प्रादेशिक स्तरमा लैजान मेलाको आयोजना गर्न लागिएको बताएको छ ।

दुई दिनसम्म चल्ने प्रर्दशनीमा धितोपत्र वाजार सम्वन्धि एउटै छानामुनि सवै प्रकारको जानकारी, धितोपत्र सम्वन्धमा सिधा प्रश्न गर्ने अवसर, आर्थिक, वैकिंङ र पूजि वजार सम्वन्धमा विभिन्न पुस्तक प्रकाशन विमोचन, लगानीकर्ता साक्षरता र धितोपत्र व्यवसायी सम्वन्धी जानकारी तथा विज्ञहरुवाट पुजि वजार सम्वन्धि प्रस्तुति र अन्तरक्रिया तथा पुजि वजार सम्वन्धि विविध जानकारी गराइने छ ।

वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले धितोपत्रमा लगानीकर्ताकाको हक हित संरक्षण तथा धितोपत्र र वस्तु विनिमय वजारका वारेमा जानकारी गराउन प्रदर्शनीको आयोजना गर्न लागिएको बताए ।

उनले प्रर्दशनीमा सहभागि भएर लाभ लिन समेत सर्वसाधारणहरुलाई आग्रह गरे । प्रर्दशनीमा व्रोकर व्यावसायी, मर्चेन्ट वैंक, आसमा सदस्य तथा धितोपत्रर्वोडका गरी १ सय २० वटा धितोपत्र कारोवार स्टल रहने छ । १० वजेदेखी ५ वजे सम्म प्रर्दशनी संचालन हुने आयोजकले जनाएको छ । प्रर्दशनीको तयारीका लागी र्वोडले उधोगी व्यवसायी तथा सुरक्षा निकाय तथा विभिन्न संघसस्थाका प्रमुखहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम समते गर्दै आएको बताइएको छ ।