इटहरी । आगन्तुकको सम्मानका लागि इटहरीमा दशै किनमेल महोत्सब हुने भएको छ । आकर्षक योजनासहित एरिना टेलिभिजनले इटहरी दसैँ किनमेल महोत्सव तथा पर्यटकीय मेला आयोजना गर्ने भएको छ । टेलिभिजनले व्यावसायिक प्रवर्धनका लागि पहिलो पटक आयोजना गर्न लागेको सो महोत्सवमा इटहरीदेखि हेलिकप्टरबाट ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन, भेडेटार हुँदै कोसीटप्पु, धरान, इटहरीलगायतको हवाई दृश्यावलोकनसहित आकर्षक प्याकेजहरू समावेश गरिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रवर्धनलाई विशेष महत्त्व दिइने सो महोत्सव अवधिमा घुडसवारी, तमोरमा र्याफ्टिङ, भेडेटारबाट प्याराग्लाइडिङ, तालतलैयामा बोटिङको विशेष प्याकेज समावेश गरिएको टेलिभिजनले जनाएको छ । व्यवस्थापक विजय गिरीका अनुसार महोत्सवमा दसैँलाई लक्षित गरी खाद्यान्न्न, लत्ताकपडा, अटोमोबाइल, घरेलु उत्पादन, सजावट सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ । महोत्सव स्थलमा सुरक्षाका लागि सिसि टिभि, ड्रोन क्यामेरालगायत तालिमप्राप्त सुरक्षाकर्मी व्यवस्थापन गरिएको गिरीले बताए । महोत्सव असोज १९ देखि कात्तिक २ गतेसम्म इटहरी जनता माविको खेलमैदानमा सञ्चालन हुने एरिना टिभिका प्रेस संयोजक सुविद गुरागाईले बताए । उनले भने दशै महोत्सब उत्कृष्ट हुने छ ।