वि.सं. २०७५ साल असोज १७ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर ३ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अपराह्नदेखि शुभचिन्तकहरूको साथले स्थितिमा सुधार आउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आत्मसम्मानका लागि मौन रहनु बेस होला। व्यवहारले समेट्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) व्यवधानका बीच नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू थोरै हुनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो  प्रतिस्पर्धाले कर्मयोगको मार्गमा अग्रसर गराउने हुँदा फाइदा हुनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।  जगाउनेछ। (नेपाली पात्रो) सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे  मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। अपराह्नतिर व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो  पुराना कामको चर्चा भए पनि प्रतिस्पर्धाको दौडमा पछि परिनेछ। आफ्नैले काममा बाधा पुर्याउन सक्छन्। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते समय चुनौतीपूर्ण देखिए पनि लगनशीलताले अवसर दिलाउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने आँटले काम लिन नसक्दा पछि परिनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे  परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा जिम्मेवारी पाइनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द  योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि  हल्लाको पछि लाग्दा बित्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।