इटहरी/ इटहरीको नेपाल बैंक अगाडी देखि पूर्व मन्त्री रामकुमार सुब्बाकाे घर सम्म खाल्डाखुल्डी कम्ता छन् र ! यो दुरी ८ सय मिटरदेखि एक किलोमिटरको दुरी हो ।
यो इटहरीको मुख्य सुन्दर्यता दिने सडकमा साना ठुला गरी मुख्य हाईवेयमा ५० खाल्डा छ । यी खाल्डा दुर्घटना गराउन र सडकको शोभा बिगार्न काफी छन ।
इटहरीको मुख्य चौकमा धुलो उडाउँदै हिँड्ने सवारी साधन धेरै छन् । विकासको पहिलो पूर्वाधार सडक हो । यो बिना समृद्धि सम्भव छैन भन्ने कुरा सबैलाई थाहा छ तर, इटहरीको मुख्य चौकको सडकको हालत अत्यन्तै दयनीय छ ।
सामान्य खाल्डा-खुल्डी पुर्नसमेत उपमहानगरले चासो देखाएको छैन ।हुइँकिएर आएको गाडी यस्ता खाल्डामा फस्दा बुरुक्क उफ्रिन्छ । दुईपांग्रे त ढलपलिएर लड्नै खोज्छ।
खाल्डो छल्न ह्वात्त दायाँबायाँ मोड्दा अर्को सवारीसँग ठोक्किने डर। मान्छे र सवारी दुबैको इन्जिनलाई सास्ती हुदै आएको छ इटहरी चौकमा ।
अहिले इटहरी चौकसँगै विराटनगर लाईनको हालत बेहाल जस्तै भएको सवारी चालकहरु बताउँछन् ।
मोटरसाईकलमा हुईकिदै भेटिएका इटहरी १७ का सन्देश चौधरीले भनेमुख्य हाईवेय सडककै हातल पत्ला छ । मजदुरीको लागी दैनिक विराटनगर जाने गरेको बताउँदै उनी भन्छन् इटहरीको मुख्य चौकमा खाल्डाखुल्डी सवारी चालकको लागी टाउँको दुखाई बनेको छ ।
सडक भत्केर बनेका खाल्डा पुरिएलान् भन्ने आस छैन उनले हास्दै भने । कालोपत्रे गरेर चिल्लो पारेको सडकमा खाल्डाको हुदैन दिनहुँ भोगेर बानी परेकालाई बाहेक ।
इटहरी चौक देखि पूर्व लाईन र पश्चिम लाईनको एक किलोमिटर खाल्डा छैन पूर्व लाईनको टेग्रा पुल आसपास बाहेक ।
इटहरीको मुख्य चौकमा दुर्गती भएको बताउँछन् नेपाली काग्रेसका नेता कोवितजंङ कार्की । इटहरीको मुख्य चौकको खाल्डो अहिले यात्रुहरुको लागी घाडो बनिरहे पनि स्थानीय सरकार बेखबर बनेको उनको आरोप छ ।
अहिले सडक चौडा बनाउँने भन्दै खाली गर्दा अव्यवस्थित तरिकाले गर्दा धुलोको कारण सडकमा हिड्न सर्वसाधरणले सास्ती बेहोर्नु परेको छ कार्की भन्छन् ।
दैनिक सयौँ सवारी सधान गुड्ने सडकमा खाल्डो परेपछि यात्रा गर्न कठिन बन्दै गएको छ ।
यता इटहरी उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर अर्जुन दाहालले भने सडक डिभिजनले सडक बनाउँनु पर्ने बताए ।
यो सडक डिभिजनको काम हो हाम्रो हैन,सामान्य गिट्टिसम्म चाही हामी पनि पूर्न सक्छौ अरु काम त सडक डिभिजनले नै गर्ने हो उनी भन्छन् ।
स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु समेत यही बाटो हुदै आवतजावत गरे पनि मुख्य सडकको स्तरउन्नती भने हुन सकेको छैन ।
सडक डिभिजन कार्यलय विराटनगरका निमित्त प्रमुख दिपककुमार झाले रानी देखि तरहरा सम्म अहिले खाल्डाखुल्डी छन् ।
बजेट प्रसस्त नुहदा हामीले खाल्डाखुल्डी पुर्न समेत सकेका छैनौँ झाले भने ।
धरान बजार क्षेत्रमा आल्डा पुर्ने काम भईरहेको भन्दै केहि समयमै इटहरी चौकको खाल्डा पूर्ने छौ उनले भने ।
केहि समय पछि हामी आफ्नै प्राविधिकहरुलाई लिएर खाल्डा पूर्ने तयारी गर्दछौ उनले भने ।