पानवारी / मंगलबार राती धरानको भोटेपुल नजिकै कोशी राजमार्गमा दुर्घटना हुँदा विद्युतको ट्रान्सफर्मरमा क्षति भएको छ । धरान–भोजपुर रुटमा चल्ने को १ ख ४१५३ नं. को यात्रुवाहक बस पार्किङ गर्न भानुचोकबाट बरगाछी तर्फ जाँदा  दुर्घना भएको हो । बसलाई सहचालक भोजपुर–५ का धिरज राईले चलाएको बेला दुर्घटना भएको प्रहरीले बताएकाे छ । बसले विद्युतको ट्रान्सफर्मर राखेको पोललाई ठक्कर दिदा ट्रान्सफर्मर फुटेर क्षति भएको छ भने विद्युतका दुबै पोल भाचिएका छन् । दुर्घटनाबाट मानविय क्षति नभएको र बसका चालक भोजपुर–९ का फुर्तेन्जी शेर्पा सहचालक राई र बस प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय   धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।