इलाम । बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा जिल्ला अस्पताल इलाममा रहेको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी पक्राउ परेका छन् । नवलपरासीको गैडाकोट घर भई इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक दिपक सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । इलाम नगरपालिकाकी १७ वर्षिया बालिकालाई यौन दुराचार गरेको पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक माधव श्रेष्ठले जानकारी दिए । उनलाई जिल्ला अदालतमा म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यौन दुर्व्यवहार गरेको अाराेपमा स्वास्थ्यका कर्मचारी पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































