इलाम । मुलुकमा देवानी, फौजदारी सहिंता भाद्र एकबाट लागू भएपश्चात जिल्ला अदालत इलाममा सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या आठ पुगेको छ । सहिंतामा पिडित पुरुषले अदालतमा गएर सम्बन्दविच्छेत गर्न पाउने कानुन लागू भएपछि पुरुषहरु अदालतमा आएर निवेदन दिन थालेका छन् । आर्थिक वर्ष २०७५÷०७६ सुरु भएयता जिल्ला अदालत इलाममा श्रावण महिनामा २२ थान सम्बन्धविच्छेदका ुमद्धा दर्ता भएको थियो । यस्तै भाद्र महिनाभरमा जम्मा २१ थान मुद्धा महिलाले दर्ता गरेको र आठ थान पुरुषसहित श्रावणदेखी हालसम्म जम्मा ५१ थान मुद्धा दर्ता भएको जिल्ला अदालत इलामका श्रेस्तेदार निरज पोख्रेलले बताए । सम्बन्धविच्छेद गर्न आउने पुरषहरु भने तीन वर्षभन्दा बढी समय श्रीमतीसग्ाँसम्पर्क नहुने गरेको माइतमा बसेर लिन जादाँ समेत नआएपछि घरबार विग्रिएकाले सम्बन्धविच्छेद गर्न आउने गरेका छन् । सम्बन्धविच्छेदको प्रमुख समस्या भने वैदेशिक रोजगार नै रहेको छ । श्रीमान विदेशमा रहदा श्रीमती परपुरुषसगँ सम्बन्ध राख्ने गरेको श्रीमान घर आउँदा समेत घरमा नहुने गरेकाले कारक तत्व वैदेशिक रोजगार रहेको अदालतले जनाएको छ । सम्बन्धविच्छेदले आमाबुवाको सम्बन्ध विच्छेद भएतापनि छोराछोरीको विच्छेदले समस्या आउने गरेकाले अदालतले समेत मेलमिलापमा जोड दिने गरेको उनको भनाई छ । आमावुवाको सम्बनधविच्छेदले बाल अधिकार हनन हुने र जन्मपश्चात गर्ने कर्म नै सकिने हुनाले यसले बालबालिकालाई प्रत्यक्ष असर पर्ने गरेको तर, सम्बन्धविच्छेद गर्न आएपछि सम्झाउन बुझाउन गाह्रो हुने गरेकाले सम्बन्धविच्छेद समस्याका रुपमा रहने पोख्रेलले बताए ।