मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ रहेको त्रिबेणी सामुदायिक बन उपभोक्ता समुहले गरिवी निवारण कार्यक्रम अन्र्तगत आफ्ना उपभोक्ताहरुको घरघरमा खानेपानी बितरण गरेको छ ।

बुधरबार सा.ब.ले एक कार्यक्रमको आयोजना गरी खाने पानी फिल्टर बितरण गरेको हो । कर्यक्रममा फील्टरको प्रयोग गर्ने तरीका यसको महत्व र सफाई विधीको बारेमा चौसट बायोस्ट्याण्ड फील्टर उधोग उर्लाबारीका प्रमुख भेषबन्धु निरौलाले प्रष्ट पर्नुु भएको थिए । आफ्नो बन समुहका कुनै पनी उपभोक्ताले गुणस्तरविनाको पानीकै कारण कुनै पनी प्रकारको उपभोक्ताको स्वास्थ्यमा रोग नलागोस भन्ने उद्धेश्यराखी खानेपानी फील्टर बितरण गरीएको त्रिबेणी सामुदायिक वन उपभोक्ता सकुहका अध्यक्ष तेज बहादुर राईले बताए ।

कुल ८० घर उपभोक्ता संख्या रहेको सो समुदयिक बनले बुधबार सम्ममा ४२ घर परिवारको घरघरमा खानेपानी फील्टर वितरण गरी सकेको सामुदायिक वनका सदस्य बिशाल राईले बताए । अब बाँकी रहेका घरमा पनी तिहार अगाडीनै खानेपानी फील्टर बितरण गरी सक्ने योजना रहेको राईले बताए ।

फील्टर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी इलाका वन कार्यालय जाँतेका प्रमुख नारायण यादबले समुदयिक वने उपभोक्ताको प्रत्यक्ष स्वास्थ्य संग महत्व राख्ने पानी शुद्धपर्ने फिल्टर वितरण गर्नुृ राम्रो भएकाले यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रम त्रिबेणी सामुदायिक वन उपभोक्ता समुहक अध्यक्ष तेज बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।