मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको मुख्यबाजर मधुमल्ला चोकको चार स्थानमा मा जेब्राक्रस निमार्ण कार्य सम्पन्न भएको छ । मधुमल्ला बजारको व्यस्त स्थानहरु मधुमल्ला चोक आसपासमका ४ स्थानमा जेब्राक्रसीङ राखीएको हो ।
नेपाल तरुणदल मिक्लाजुङको आयोजना तथा ट्राफीक प्रहरी पोस्ट उर्लाबारीको प्राविधीक सहयोगमा मंगलबार जेब्राक्रस निमार्ण कार्य सम्मपन्न गरिएको नेपाल तरुणदल सचिब देउमान तामाङले बताए । सडकमा सक्ने दुर्घटनाहरुलाई कम गर्न साथै पैदल यात्रीहरुलाई समेत बाटो काट्न सहयोग पु¥याउने यदेश्यले जेब्राक्रस राखीएको नेपाल तरुणदल मिक्लाजुङका सभापती मनोज सुबेदीले बताए ।
कार्यक्रममा सडकको यात्रा, सवारीचलक र पैदल यात्रीले ध्यान दिनु पर्ने कुरा र जेब्राक्रसको फाइदा र उपयोगिताहरुको बारेमा ट्राफीक प्रहरी पोष्ट उर्लाबारीका इन्चार्ज लक्ष्मी प्रसाद ओझाले प्रष्टपारेका थिए । कार्यममा नेपाली कांग्रेस क्षेत्रीय सदस्य मानबहादुर राई, नेका मिक्लाजुङ सभापती सेमन्तराज दाहाल, इलाका प्रकरी कार्यालय मधुमल्लाका प्रमुख टेक बहादुर श्रेष्ठ र तरुणहरुको उल्लेख्य सहभागीता रहेको थियो ।