विराटनगर । काँग्रेस नेता हसन अन्सारीले मोरङको बुढीगंगा गाउँपालिका – ३ स्थित ईस्ट एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्ट उद्योगमा रहेको मेसिनमा ठोकिदा एक जना महिलाको ज्यान गएको छ ।
उद्योग भित्र व्यवस्थित रुपमा मेसिनहरु संचालन नहुँदा उद्योगको ब्लो मेशिनमा टाउँको ठोकिएर सोही उद्योगमा काम गर्दै आएकी खोटाङ बाक्सिला घर भई हाल बुढीगंगा गाउँपालिक –३ बस्ने ३४ बर्षीय सरिता तामाङको ज्यान गएको हो ।
मेसिनमा लागेर गम्भिर घाइते भएकी तामाङको न्यूरो अस्पताल बिराटनगर उपचारको क्रममा बुधबार दिउँसो ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।
अधिकाशं महिला कामदार रहेको उद्योगले विभिन्न प्लाष्टिको बटलहरु उत्पादन गर्दै आएको छ । उद्योगले व्यवस्थित रुपमा आफना उपकरणहरु नराख्दा यस्तो घटना भएको अन्य काम गर्ने मजदुरहरु बताउँछन् । मजदुरले उद्योगमा रहेको मेसिनहरु व्यवस्थीति तरिकाले संचालन गर्न बारम्बार संचालहरुसँग आग्रहदा गर्दा पनि व्यवस्थीति नभएको गुनासो गर्दै आएका छन् ।
यसै विषयमा विराटनगरस्थित श्रम कार्यालय विराटनगले घटनाको बारेमा विस्तृत जानकारी लिने बताइएको छ । श्रम कार्यालयका प्रमुख मणिनाथ गोपल ेघटनाबारे बुझन कर्मचारी घटनास्थलमा पठाएको बताए । ‘घटनाबारे जानकारी लिन कर्मचारी घटना स्थलमा पठाएको छु,’ उनले भने, ‘कर्मचारी आएपछि थप विषयमा जानकारी हुनेछ ।’
यता एसिया प्लाष्टिक ईन्डस्ट्रिजको टुलिटर प्लान्टको संचालक हसन अन्सारीसँग घटनको बारेमा बुझन बारम्बार फोन सम्पर्क गर्दा पनि उठाएनन् ।