दमक/यस वर्षको विश्व पशुपंक्षी दिवसमा पशुपंक्षीको संरक्षण गर्न माग गर्दे दमकमा र्याली निकालिने भएको छ ।
स्थानीय श्रीकृष्ण रथयात्रा समितिको आयोजना तथा विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागितामा पशुपंक्षीको संरक्षण गर्न आव्हान गर्दे र्याली निकालिने भएको हो ।
मंगलबार राधा माधव सेवामा पत्रकार सम्मेलन गरि आयोजक संस्थाले दिवसका दिन पशुवली रोक्न माग गर्दे प्रर्दशन गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा सेवाका अध्यक्ष मानबहादुर बुढाथोकीले पशुपंक्षीको हत्या गरेर भोजन गर्नु स्वस्थ्यका हानिकारक हुने भन्दै पशु बथ रोक्न माग गरेका छन् ।
राधा माधव सेवा समितिको प्राङगणबाट शुरु हुने र्याली दमकको चौंक बजार परिक्रमा गरि जनचेतनामूलक कोणसभा समेत गरिने छ ।
परिक्रमा पछि र्याली जेसीज चौंकमा आएर विर्सजन गरिने आयोजक संस्थाका सचिव प्रेम भट्टराईले बताए ।
आगामी असोज १८ विहान ७ वजेदेखि शुरु हुने र्यालीमा स्वर्गीक मार्ग संघ नेपाल, किरात धर्म तथा साहित्य उत्थान संघ, श्रीकृष्ण प्रणामी, राधा माधव सेवा, अद्धैत सत्संग, ओम शान्तिलगायतका धार्मिक संस्थाहरुको सहभागिता रहनेछ ।