तेह्रथुम / लालीगुराँस नगरपालिका –८ सोल्मामा एक युवा सुतिरहेको अवस्थामा खाटमा लड्दा मृत्यु भएको छ ।

खाटमा सुतिरहेको अवस्थामा लड्दा दिलीप लिम्बूको मङ्गलबार मृत्यु भएको हो ।

गाउँघरमा धामी–झाक्री काम गर्दै आएका लिम्बू घरमा एक्लै बस्दै आएका थिए । मृत्युको कारणबारे अनुसन्धान भइरहेका तेह्रथुम प्रहरीले जनाएको छ ।

मृतक लिम्बूको जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाएको अस्पतालले जनाएको छ ।